6th September 2026, Sunday
News by: MissionSanchar
काठमाडौँ — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिपछि सकारात्मक संकेत देखिएको सेयर बजारले सोमबारको कारोबारको सुरुवातमा तीव्र उकालो लिँदै २७९८.७५ अंकसम्म पुगेको थियो। तर, २८०० अंकको मनोवैज्ञानिक सीमाना नजिक पुगेकै बेला बजार फेरि ओरालो लाग्यो।
ओपनिङ सेसनमै ३५ अंकले उछाल आएको बजार परिसूचक त्यसपछि घटेर हाल २७७० को आसपासमा आइपुगेको छ। यद्यपि, अघिल्लो दिनको तुलनामा बजार अझै हरियोमै छ।
शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा विस्तारमुखी उपायहरू समावेश गरिएकाले बजारमा सकारात्मक आशा गरिएको थियो। विश्लेषकहरूले पहिलो वेभमै बजार सर्किट लेभलसम्म जान सक्ने अपेक्षा गरे पनि त्यो व्यवहारमा पूरा हुन सकेन।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध