29th December 2025, Monday
News by: MissionSanchar
काठमाडौं । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२र८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरुले आज पनि पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेपछि छैटौं दिन पनि स्थगित भएको हो । बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाएर विरोध गरेका थिए ।
मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता जनाएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ । भट्टराईले बजेटमा बिचौलियाको प्रवेश भएको विषयमा छानबिन गर्न वा भएको त्रुटि सच्याउन बनाइएको कार्यदलमा मन्त्रीलाई राखेकोमा आपत्ति जनाए । उनले कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म संसद चल्न नदिने जानकारी गराए ।
मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा सभामुख मण्डलले आफ्नो संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई पनि राखिएपछि विवाद भएको हो । सभामुख मण्डलले बजेटको विषयको विवाद छलफलकै माध्यमबाट टुंग्याउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।