6th September 2026, Sunday
News by: MissionSanchar
१४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दुई स्थान उक्लिएका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार दीपेन्द्र आठौं स्थानबाट छैटौं स्थानमा पुगेका हुन्।
नेपालले पछिल्लो समय कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेल नखेले पनि अन्य खेलाडीहरूको वरियतामा भएको हेरफेरका कारण दीपेन्द्रको स्थानमा सुधार आएको हो। वरियता उक्लिए पनि दीपेन्द्रको रेटिङ अंक भने यथावत् रहेको छ। हाल उनको २०२ अंक कायम छ। यसअघि उनी लगातार चार सातासम्म आठौं स्थानमै सीमित थिए।
आईसीसीको नयाँ अलराउन्डर वरियतामा जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा छन्। पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा रहँदा भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा उक्लिएका छन्। चौथो स्थानमा वेस्ट इन्डिजका रस्टन चेज छन् भने पाँचौं स्थानमा पाकिस्तानकै मोहम्मद नवाज रहेका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध