11th June 2026, Thursday

पीएसजीद्वारा रियल म्याड्रिय पराजित

Post Image
10 महिना अगाडी

News by: MissionSanchar

एजेन्सी । पेरिस सेन्ट–जर्मेन (पीएसजी) फिफा क्लव बिश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रियल म्याड्रिडलाई ४–० गोल अन्तरले हराउँदै  पीएसजी  फाइनलमा प्रवेश गरेको हो । उसले अब फाइनलमा चेल्सीसँग भीडन्त गर्नेछ । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा रियल म्याड्रिडको रक्षापङ्क्तिको दुई गल्तीले पीएसजीले पहिलो नौ मिनेटमै दुई गोलको अग्रता लियो। पीएसजीको जितमा फावियन रुइज,ओस्मान डेम्बेले र गोन्कालो रामेसले एक—एक गोल गरे ।

खेल शुरु भएको छैटौं मिनेटमा बल ओस्मान डेम्बेलेको कब्जामा पुग्यो। उनको पहिलो प्रहार थिबाउट कोर्टुआले रोके पनि रिबाउन्डमा रुइजले बललाई जाली चुमाए। त्यसको तीन मिनेटपछि एन्टोनियो रुडिगरको गलत पासले डेम्बेलेलाई बक्समा खुला स्थान प्राप्त भयो र उनले कोर्टुआलाई छक्याउँदै दोस्रो गोल गरे। रुइजले २४औं मिनेटमा अर्को गोल थपे।

खेलको अन्त्यतिर ८७औं मिनेटमा सब्स्टिच्युट खेलाडी गोन्सालो रामोसले पीएसजीको चौथो गोल थप्दै रियल म्याड्रिडलाई पराजित गरेर पीएसजीलाई ऐतिहासिक जित दिलाए।



No ad available.


No ad available.