22nd October 2026, Thursday
News by: MissionSanchar
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकको स्मृतिमा आगामी भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो।
सरकारको मन्त्रिपरिषद् बैठकले भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्मानस्वरूप भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
सरकारले बाढीबाट ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको स्मृतिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध