6th September 2026, Sunday

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

Post Image
3 दिन अगाडी

News by: MissionSanchar

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकको स्मृतिमा आगामी भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो।

सरकारको मन्त्रिपरिषद् बैठकले भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्मानस्वरूप भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

सरकारले बाढीबाट ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको स्मृतिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको जनाएको छ।


No ad available.


No ad available.