6th September 2026, Sunday

अविरल वर्षापछि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द

Post Image
1 महिना अगाडी

News by: MissionSanchar

३० असार, काठमाडौं ।अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्ने सम्भावना बढेपछि यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सडक बन्द गरिएको सम्बन्धित निकायले जनाएको छ। वर्षा नरोकिए सम्म र सडकको अवस्था सुरक्षित नभएसम्म सवारी सञ्चालन गर्न नसकिने जनाइएको छ। प्रहरी र सडक विभागका प्राविधिक टोलीले सडकको निरन्तर अनुगमन गरिरहेका छन्। मौसममा सुधार आएपछि पहिरो पन्छाउने तथा सडक खुलाउने काम अघि बढाइने बताइएको छ। सडक बन्द भएसँगै उक्त मार्ग हुँदै यात्रा गर्ने सवारी साधन र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ।


No ad available.


No ad available.