11th June 2026, Thursday
News by: MissionSanchar
काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातलाई थप सहज बनाउन रात्रिकालीन बस सेवा सुरु गरिएको छ। साझा यातायात ले राति ८ बजेदेखि ११ बजेसम्म सेवा सञ्चालनमा ल्याएको हो।
सुरुवाती चरणमा दुई प्रमुख रुट निर्धारण गरिएको छ। पूर्व–पश्चिम रुट अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) देखि थानकोट सम्म बस सञ्चालन हुनेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठ देखि लगनखेल सम्म सेवा उपलब्ध गराइएको छ। यस सेवाका लागि ७ वटा विद्युतीय बस प्रयोगमा ल्याइएको छ भने सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको जनाइएको छ।
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै बसहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ र केन्द्रीय रूपमा निगरानी गरिने व्यवस्था मिलाइएको छ। साथै, नगर प्रहरीसमेत परिचालन गरिनेछ। यात्रुहरूले साझा प्लस मोबाइल एपमार्फत बसको वास्तविक अवस्थिति हेर्न सक्नेछन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध