6th September 2026, Sunday
News by: MissionSanchar
काठमाडौं, साउन १२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।
सीईओ छनोट तथा सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश गर्नुपर्नेछ।
सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर अथवा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ।
त्यस्तै, पूँजी बजार वा वित्तीय क्षेत्रको व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्ष र समग्रमा १५ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ। आवेदनसँगै नेप्सेको व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ भने रु. ५,००० दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
नेप्सेका तत्कालीन सीईओ चुडामणि चापागाईंले गत असार २२ गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ। चार वर्षको कार्यकालका लागि नियुक्त भए पनि उहाँले करिब १५ महिनामै पदबाट राजीनामा दिनुभएको थियो।
नयाँ नेतृत्व चयनसँगै पूँजीबजार सुधार, प्रविधिमैत्री सेवा विस्तार तथा लगानीकर्ताको विश्वास अभिवृद्धितर्फ नेप्सेले नयाँ गति लिने अपेक्षा गरिएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध