11th June 2026, Thursday
News by: MissionSanchar
१५ चैत, काठमाडौं केपी शर्मा ओली र रमेश लेखकलाई हिरासतमा राख्ने वा नछाड्ने विषयमा जिल्ला अदालत काठमाडौंमा भएको बहस सकिएको छ।
आनन्द श्रेष्ठको इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा लेखकलाई प्रत्यक्ष अदालतमा उपस्थित गराइएको थियो भने ओली भर्चुअल माध्यमबाट सहभागी भएका थिए। उनीहरू दुवैलाई २३ भदौको घटनामा दमन गरेको आरोपमा अनुसन्धानका लागि शनिबार बिहान पक्राउ गरिएको हो।
बहसका क्रममा सरकारी पक्षले थप अनुसन्धानका लागि १० दिनको म्याद आवश्यक रहेको दाबी गरेको थियो। तर प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले थुनामा राख्ने पर्याप्त आधार नभएको उल्लेख गर्दै दुवैलाई रिहा गर्नुपर्ने माग गरेका थिए।
अदालतले अब दुवै पक्षको तर्क सुनेपछि म्याद थपसम्बन्धी निर्णय तयारी अवस्थामा रहेको जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध