6th September 2026, Sunday
News by: MissionSanchar
काठमाडौं, साउन ४ । पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको वर्तमान अवस्था र सुधारका सम्भावित उपायबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबार सरोकारवालासँग उच्चस्तरीय छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे तय गरिएको बैठकमा पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलानलगायतको सहभागिता रहनेछ। त्यसैगरी, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, साथै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पुँजी बजारको स्थायित्व, धितोपत्र तथा बीमा क्षेत्रको संस्थागत सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, आवश्यक नीतिगत सुधार तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा सरोकारवालाहरूको सुझाव संकलन गरिनेछ। सरकारले वित्तीय क्षेत्रप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सरोकारवालासँग निरन्तर संवादलाई प्राथमिकता दिएको जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध