11th June 2026, Thursday
News by: MissionSanchar
चैत्र १६, काठमाडौं । पूर्वऊर्जामन्त्री तथा दीपक खड्का लाई स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्यारा का अनुसार खड्का आज बिहान करिब ३ बजे अस्पताल पुगेका थिए। आवश्यक प्रारम्भिक उपचार तुरुन्तै सुरु गरिए पनि औपचारिक रूपमा भर्ना प्रक्रिया भने बिहान करिब ८ बजे पूरा गरिएको थियो। बेड अभावका कारण उनलाई हाल अर्थोपेडिक (अर्थाे) वार्डमा राखेर उपचार भइरहेको छ, जबकि उनको समस्या मेडिसिन वार्डसँग सम्बन्धित हो। अस्पतालले छिट्टै उपयुक्त वार्डमा स्थानान्तरण गर्ने तयारी गरिरहेको जनाएको छ। उनलाई वान्ता र पखालाको समस्यापछि अस्पताल ल्याइएको हो। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ। आवश्यक परीक्षणहरू, विशेषगरी दिसासम्बन्धी रुटिन परीक्षण सम्पन्न भइसकेको र त्यसको आधारमा उपचार प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, भदौ २४ गतेको ‘जेनजी आन्दोलनसँग जोडिएको प्रकरणमा खड्काको घरबाट भेटिएको जलेको रकमको विषयमा अनुसन्धान जारी रहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उक्त घटनामा जलेका नोटका टुक्रा तथा खरानी संकलन गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध