20th April 2026, Monday

सुनचाँदीको मूल्यमा वृद्धि

Post Image
1 दिन अगाडी

News by: MissionSanchar

६ वैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो। यसअघि सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


No ad available.


No ad available.